सभापति देउवाको प्रश्न, मेरो मात्र विरोध, ओलीको विरोध गर्न किन डराएको ?

Sher bahadur deuwa

भैरहवा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कांग्रेस कार्यकर्ता केपी ओली नेतृत्वको सरकारको विरोध गर्न डराएर आफ्नो मात्र विरोध गरेको उल्लेख गरे ।

बिहिबार भैरहवामा आयोजित कांग्रेस महासमिति बैठक सन्दर्भमा राजनैतिक एवं मस्यौदा सुझाव संकलनका लागि प्रदेश ५ स्तरीय कार्यशालाको उद्घाटन गर्दै उनले केपी ओली सरकारको विरोध गर्न किन डराएको भन्दै पार्टीका नेताहरूलाई प्रश्न गरे ।

उनले आफ्नै पार्टीका नेताहरु आफूविरुद्ध लाग्ने तर अधिनायकवादतिर लम्केको केपी ओली सरकारको विरोध नगरेको भन्दै रोष प्रकट गरेका थिए । पार्टीका केही नेताहरु सरकारको गलत कदमविरुद्ध नबोल्दा सरकार थप अधिनायकवादतर्फ लम्किएको सभापति देउवाको दाबी छ ।

उनले भने, ‘तपाईँहरु खाली मेरो विरोध गर्दै हिँड्नु हुन्छ, खै ओली सरकारको विरोध गरेको ? किन बोल्नुहुन्न् ?’ उनले थपे, ‘मुलुकमा हत्या बलात्कारका जस्ता जघन्य अपराधका घटना दिनप्रतिदिन बढ्दै गएपनि सरकारका गलत कदमप्रति कांग्रेका नेता बोल्न सकेका छैनन् ।’

बरु नेकपाका नेता माधवकुमार नेपाल केपी ओली सरकारविरुद्ध बोलिसकेको बताउँदै उनले कांग्रेस नेतालाई प्रश्न गरे, ‘के माधव नेपालको जतिको हिम्मत हाम्रा नेतामा छैन ? नेकपाका खिलाफ बोल्नुस्, किन डराउनुहुन्छ ?’

काँग्रेसका नेता तथा कार्यकर्ताले आफैँ भित्र अन्तरर्घात मात्रै गर्ने गरेको उनले उनले बताए । उनले भने, ‘अब पार्टी यसरी चल्दैन, पार्टी एकढिक्का बनाउँदै अन्तर्घात रोक्नुपर्छ र ओली सरकारको कडा विरोध गर्नुपर्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...