ए डिभिजन लिगमा मनाङ र थ्रीस्टार आमनेसामन

Khell

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेकसको खेल मैदानमा स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल मैदानमा दिउँसो दुई बजेर ३० मिनेटमा खेल सुरु हुनेछ । घरेलु मैदानमा सधैं कट्टर प्रतिद्वन्द्वीको रुपमा रहेको मनाङ र थ्रीस्टार लिगको तेस्रो चरणमा आमनेसामने हुन लागेका हुन् ।

थ्रीस्टारले लिगको शीर्ष स्थानमा र मनाङ दोस्रो स्थानमा छन् । थ्रीस्टारले यसअघिका दुवै खेलमा शतप्रतिशत नतिजा निकाल्दै ६ अंक बनाएर शीर्ष स्थानमा रहेको हो । यता, मनाङले पनि दुवै खेलमा जित हात पार्दै ६ अंक बनाएपनि थ्रीस्टारसँग गोलअन्तरले पछि पर्दै दोस्रो स्थानमा रहेको हो ।

लिगकै चर्चित खेल र आफ्नो प्रतिष्ठाको लडाइँ अघि नै मनाङलाई भने केही धक्का लागेको छ । मनाङका तीन जना महत्वपूर्ण खेलाडी थ्रीस्टारविरुद्धको खेलमा मैदान बाहिर हुनेछन् । मिडफिल्डर सुजल श्रेष्ठ र प्रकाश बुढाथोकी घाइते छन् भने अफिज ओलावाले पनि दोहोरो पहेँलो कार्डको कारण थ्रीस्टारविरुद्धको खेलमा हुने छैनन् ।

त्यस्तै, बिहिबार नै पहिलो खेलमा च्यासल युथ क्लबले न्युरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्दै छ । पहिलो खेल ११ बजे सुरु हुँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...