राखेपमा जताततै भद्रगोल र विवाद, किन मुछियो यस्तो विवादमा राखेप ?

Rastriya khelkud parisad

काठमाडौं । अचल सम्पत्तिका आधारमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) देशकै सबैभन्दा धनी संस्थामध्ये एक हो । यसका नाममा देशभरि ६ हजार रोपनीभन्दा बढी जग्गा छ। तर, सही उपयोग हुन नसक्दा खेलकुदको जमिनमा देशभरि भद्रगोल र विवाद छ ।

राखेप अभिलेखमा दर्ता भएको बाहेक पनि देशका विभिन्न भागमा खेलकुदलाई थप जग्गा प्राप्त भएको छ । जिल्ला खेलकुद विकास समितिले स्थानीय खेलप्रेमी र विभिन्न निकायबाट जग्गा लिएर प्रयोग गर्दै आएका छन् । अधिकांश ठूला सहरको मुख्य भागमै खेलकुदका नाममा थुप्रै जग्गा र भौतिक पूर्वाधार छन् ।

अचल सम्पत्ति ठूलो मालिक भएर पनि देशका विभिन्न भागमा राखेपका जग्गा भद्रगोल अवस्थामा छन् । उसले आफ्नो अधिकांश जग्गालाई न सदुपयोग गर्न सकेको छ, न त संरक्षण नै । २५ भन्दा बढी जिल्लामा जग्गाको विषयलाई लिएर राखेपको अन्य निकाय वा व्यक्तिसँग विवाद रहेको छ ।

झापाको भद्रपुर र दमकमा राखेपसँग करिब चार सय ८० रोपनी जग्गा छ । भद्रपुरको करिब ५५ रोपनी जग्गा झापा जिल्ला खेलकुद विकास समितिको नाममा दर्ता छ । सो जग्गामा मेची रंगशाला र कभर्डहल समेत बनेको छ ।

दमकको लखनपुरमा रहेको करिब चार सय २८ रोपनी जग्गा भने अझै राखेपको नाममा आइसकेको छैन । सोही जग्गामा आदिवासी रंगशाला निर्माण गरिएको छ । तर, उक्त जग्गा निकैअघि राखेपलाई दिने भनिए पनि अझै सशस्त्र प्रहरीको नामबाट नामसारी भइसकेको छैन ।

पाँचथरको फिदिममा दुई रोपनी जग्गामा राखेपले टेबुलटेनिस कभर्डहल बनाएको छ । उक्त जग्गा स्थानीय विद्यालयको नाममा दर्ता छ । इलामको इलाम बजारमा रहेको चार रोपनी ११ आना जग्गामध्ये ११ आना मात्र जिल्ला खेलकुद विकास समिति इलामको नाममा दर्ता छ । टेबुलटेनिस कभर्डहल निर्माण गरिएको चार रोपनी सार्वजनिक जग्गा लामो समय बितिसक्दा पनि अझै राखेपको नाममा आउन सकेको छैन ।

सुनसरीको धरान र इटहरीमा राखेपको नाममा एक सय ९१ रोपनी जग्गा छ । धरानमा रहेको जग्गामध्ये सात रोपनीको विषयलाई लिएर मुद्दा चलिरहेको छ । राखेपले भोजपुरमा डेढ रोपनी जग्गामा टेबुलटेनिस कभर्डहल निर्माण भइसकेको छ भने सेमिकभर्डहल निर्माणाधीन अवस्थामा छ । तर, त्यो जग्गा पनि राखेपको नाममा दर्ता छैन ।

काठमाडौं नजिकैको जिल्ला धादिङमा पनि राखेपसँग १० रोपनी जग्गा छ । त्यो धादिङ जिल्ला खेलकुद विकास समितिको नाममा दर्ता छ । त्यहाँको केही जग्गा अस्पतालले मिचेकाले लामो समयदेखि विवाद चलिरहेको छ । राखेप स्रोतका अनुसार पछिल्लो समय त्यहाँको केही जग्गा नगरपालिकाले पनि मागिरहेको छ ।

यसैगरी पर्साको वीरगन्जमा राखेपको नाममा करिब एक सय ७५ रोपनी जग्गा छ । त्यहाँ खेलकुदका विभिन्न भौतिक पूर्वाधार पनि निर्माण गरिएको छ । त्यसमध्ये करिब ६ रोपनी जग्गाको विषयलाई लिएर मुद्दा चलिरहेको छ। त्यहाँको केही जग्गा स्थानीय विद्यालयलाई दिने प्रयास भइरहेको राखेपको दाबी छ ।

प्रमुख पर्यटकीय सहर पोखरामा राखेपको करिब चार सय रोपनी जग्गा छ । राखेपले त्यहाँ ठूलो रकम लगानी गरेर रंगशाला, टेबुलटेनिस कभर्डहल, ब्याडमिन्टन कभर्डहल, बहुउद्देश्यीय कभर्डहल लगायतका थुप्रै भौतिक पूर्वाधार निर्माण गरेको छ ।

त्यहाँको एक सय ७६ रोपनी जग्गाको विषयमा मुद्दा चलिरहेको छ । अन्य जग्गा पनि राखेपको नाममा दर्ता हुन सकेको छैन । ‘‘पोखराको अधिकांश जग्गा २०३३ सालमा अधिग्रहण गरिएको हो । अहिले पनि त्यहाँ धेरै जग्गाको विषयलाई लिएर मुआब्जा विवाद चलिरहेको छ’, कानुन शाखा प्रमुख अर्याल भन्छन् । अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...