संकटाको लगातार दोस्रो जित

Football image

काठमाडौं । संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ ।

संकटाले सोमबार भएको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई २-० गोलले हरायो। सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा आयोजित खेलमा संकटाका लागि दुवै गोल अबाले गरे।

अबाले ५८ र ८६ औँ मिनेटमा गोल गरेका थिए। दुई खेलबाट ६ अंक जोडेको संकटा तालिकाको तेस्रो स्थानमा छ। थ्रीस्टार र मनाङ मर्स्याङ्दीको पनि दुई खेलबाट ६ अंक छ।

जावलाखेल पहिलो खेलमा पनि पराजित भएको थियो। प्रतियोगिताअन्तर्गत सोमबार हुने अन्य खेलमा शसस्त्र प्रहरी बल(एपिएफले फ्रेन्ड्स क्लब तथा हिमालयन शेर्पा क्लबले सरस्वती युथको सामना गर्ने छ।

चार वटै टोलीको यो व्यक्तिगत दोस्रो खेल हो। पहिलो खेलमाम सरस्वती र फ्रेन्ड्स पराजित भएका थिए। हिमालयन शेर्पा र एपीएफले बराबरी खेलेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...