एनआरटी सँगको खेलमा मनाङ मर्स्याङ्दीको विजय

A division zphr01x9p7

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ । आजबाट सुरु भएको दोस्रो चरणको खेलमा मनाङले न्यूरोड टिम एनआरटीमाथि २-० को जित निकालेको हो ।

मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो । एपीएफ मैदान हलचोकमा भएको खेलमा मनाङका अञ्जन विष्टलाई एनआरटीका खेलाडीले लडाएपछि पाएको पेनाल्टी पाएको थियो । पेनाल्टीलाई अञ्जनले गोलमा परिणत गर्दै सुरुवाति अग्रता दिलाएका थिए ।

यसैगरी ३७औँ मिनेटमा मनाङका अफ्रिकन खेलाडी ओलावाले आफिजले दोस्रो गोल गरेका थिए । त्यसपछि थप गोल हुन नसकेपछि मनाङले तीन अंक जोड्न सफल भयो ।

पहिलो खेलमा पनि जित निकालेको मनाङले तालिकामा ६ अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...