महिला फुटबल टोली स्वेदश फिर्ता

Football

काठमाडौं । सन् २०२० ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वेदश फर्केको छ ।

टीम पहिलो पटक ओलम्पिक छनौटको दोस्रो चरणमा प्रवेश गरेको छ । टिमलाई बिहीबार दिउँसो त्रिभुवन विमानस्थलमा स्वागत गरिएको हो ।

म्यान्मारको यांगुनस्थित थुवुन्ना रंगशालामा गत मंगलबार बंगलादेशविरुद्धको खेलमा १/१ को नतिजा निकालेर पनि नेपालले समूहमा तेस्रो भएर दोस्रो चरणको यात्रा पक्का गरेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले छनोटका चार समूहका विजेता, उपविजेता तथा तेस्रोमा रहने ४ टिममध्येका उत्कृष्ट दुईले दोस्रो चरणमा प्रवेश पाउने गरी घोषणा गरिएको नयाँ नियमअनुसार नेपालले प्रारम्भिक चरण पार गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...