न्यू डाईमण्डले जित्यो राष्ट्रिय छात्रा भलिबलको उपाधि

Capture

बुटवल । एभरेष्ट कप राष्ट्रिय जुनियर छात्रा भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्ड एकेडेमीले जितेको छ ।

बुटवलमा शनिबार भएको फाइनलमा आयोजक एभरेष्ट मावि बुटवललाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि हात पारेको हो ।

उपाधिसँगै न्यू डायमण्ड नगद ५० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । एभरेष्ट उपविजेतामा चित्त बुझाउँदै नगद २५ हजार कप, प्रमाणपत्र, मेडलबाट पुरस्कृत भएको छ ।

प्रतियोगितामा काठमाडौं, बुटवल, पोखरा, दाङ, धनगढी, नेपालगञ्ज, कञ्चनपुर, चितवन, काभ्रे र रुपन्देहीका गरी १६ समूहको सहभागिता थियो ।

तेस्रो स्थानको खेलमा टप्स मावि पोखराले जानकी मावि चितवनलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । टप्स १२ हजार, प्रमाणपत्र, मेडलबाट पुरस्कृत भएको छ भने सान्त्वना स्थान हासिल गरेको जानकी ५ हजार, प्रमाणपत्र, मेडलबाट पुरस्कृत भएको छ ।

प्रतियोगितामा उत्कृष्ट लिभेरो एभरेष्टका यमकली कवँर मगर, उत्कृष्ट स्टाइकर एभेरेष्टकै पुनम चन्द, उत्कृष्ट ब्लकर जानकी मावि चितवनकी मोनिका महतो, उत्कृष्ट सर्भर टप्स मावि पोखराकी ममता दमौरा, उत्कृष्ट सेटर न्यु डायमण्डकी अनुशा सुनुवार र बेष्ट प्लेयर न्यु डायमण्डकै झरना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक न्यू डायमण्डका कुमार राई नगद ५ हजार र कपसहित प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।

विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै प्रदेश ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...