धनगढीलाई दियो १४५ रनको लक्ष्य

Dhangadi vs butawal 511x300

काठमाडौं । पोखरा प्रिमियर लिग ९पीपीएल० क्रिकेट प्रतियोगिता जारी खेलमा पोखरा पल्टनले एक्स्पर्ट धनगढी ब्लुजलाई १४५ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएपछि धनगढीले मध्यम स्कोरको चुनौती पाएको हो ।

अन्तिम ओभरमा २० रन बटुलेपछि पोखराले १४० को स्कोर पार गर्न सफल भएको थियो । पोखराका लागि रोहित कुमार पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए ।

उनले २१ बलमा १ छक्का र ४ चौका प्रहार गरे । यसैगरी, रविइन्दर सिंहले २८, आशिफ शेखले २३, राशिद खानले अविजित १५ र कप्तान शरद भेषवाकरले १४ रन बनाए । ४ रनमै पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको पोखराले ४८ रनमा रविइन्दरलाई गुमाएको थियो ।

तेस्रो विकेटको रुपमा आएका मेहबुब आलम खाता खोल्न नसकि शुन्य रनमा आउट भएपछि पोखरा दबाबमा आएको थियो । त्यसपछि रोहितले पोखरालाई अगाडि बढाए । एक्स्पर्ट धनगढीका लागि कमलसिंह ऐरीले ४ विकेट लिए ।

प्रतियोगितामा पोखरा पल्टन र एक्स्पर्ट धनगढी दुबै टिमको समान ४–४ अंक रहेको छ ।

तर पोखरा पल्टनले मात्र ३ खेल खेलेको छ भने एक्स्पर्ट धनगढीले ४ खेल खेलेको छ । धनगढीले दुई खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ ।

आजको खेलमा धनगढीले जिते शीर्ष तीनमा पर्दै प्ले अफमा पुग्ने सम्भावना कायमै रहनेछ । यता, पोखराले धनगढीलाई पराजित गरे प्लेअफमा पुग्ने सम्भावना बलियो बन्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...