धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई दियो १६२ रनको लक्ष्य

Dhangadi vs butawal 511x300

काठमाडौं । पोखरा प्रिमियर लिग अन्तर्गत बिहीबारको दोस्रो खेलमा धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको धनगढी ब्लुजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६१ रन बनाएपछि बुटवल ब्लास्टर्सले जितका लागि १६२ रनको लक्ष्य पाएको हो ।

३९ रनमा ३ विकेट गुमाएको धनगढीका लागि चौंथो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी र डेनियल लरेन्सले १०८ रनको उत्कृृष्ट साझेदारी गरे । यो साझेदारी जारी प्रतियोगिताको सर्वाधिक ठूलो साझेदारी हो ।

यसअघि चितवन राइनोजका ओपनर अनिलकुमार शाह र हरीशंकर शाहले धनगढी ब्लुजविरुद्ध बुधवार १०१ रनको साझेदारी गरेका थिए । डेनियल लरेन्सले ५२ रनको अर्धशतकिय पारी खेले । १९.१ ओभरमा आउट हुनुअघि लरेन्सले ३९ बलमा ३ चौंका र २ छक्का प्रहार गरे ।

कप्तान दिपेन्द्रसिंह ऐरीले अर्धशतकिय पारी खेल्ने क्रममा सर्वाधिक ५६ रनको नटआउट इनिङ खेले । सो क्रममा दिपेन्द्रले ३९ बलको सामना गर्दै ४ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै पिटर ट्रिगोले १४, सौरभ खनालले नटआउट १३ तथा दिलिप नाथ र सुभेन्दु पाण्डेले १०/१० रन बनाए ।

बुटवलका लागि विपिन खत्रीले २ तथा रोहन मुस्तफा र अभिनाश बोहोराले एक/एक विकेट लिए । ३ खेलबाट २ जित र १ हारका साथ ४ अंक जोडेको बुटवल ब्लास्टर्स प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ ।

पहिलो र दोस्रो खेलमा लगातार जित निकालेको बुटवल बुधबार भएको आफ्नो तेस्रो खेलमा भने विराटनगर टाइटन्ससँग १२ रनले पराजित भएको थियो ।

यता ३ खेलमा १ मा जित र २ मा हार ब्यहोर्दै धनगढी भने पाँचौं स्थानमा छ । बुटवललाई पराजित गर्दै धनगढी प्ले अफमा स्थान बलियो बनाउन चाहन्छ ।

प्रतिकृया दिनुहोस