राइनोजको लगातार दोस्रो जित, काठमाडौं १३ रनले हार्‍यो

Ppl vhd0d0th9q

कास्की । पोखरा प्रिमियर लिग क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित हात पारेको छ ।

बिहीबार भएको खेलमा चितवनले काठमाडौंलाई १३ रनले हरायो । जितसँगै चितवनको प्लेअफ खेल्ने सम्भावना बढाएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४९ रन बनायो । लगातार तीन खेलको हारपछि धनगढीविरुद्ध पहिलो जित निकालेको चितवनले आज पनि राम्रो सुरुवात गर्न सफल भयो । पहिलो विकेटका लागि हरिशंकर साह र अनिल साहबीच ५४ रनको साझेदारी भयो । जसमा अनिलले २७ रनको योगदान गरे ।

त्यसपछि टिमको स्कोर ७९ रन हुँदा चितवनका कप्तान व्यक्तिगत १४ रनमा पेभेलियन फर्किए । धनगढी विरुद्ध अर्धसतक प्रहार गरेका हरिशंकरले आज पनि ६० रनको योगदान गरे ।

उनले ४९ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै स्मिथ पटेलले ३१ रन र सन्नी पटेलले १३ रनको योगदान गरे । बलिङतर्फ वसन्त रेग्मीले दुई तथा पवन सराफ र नन्दन यादवले एक एक विकेट लिए ।

जवाफमा राम्रो सुरुवात गर्न नसकेको काठमाडौं २० ओभरमा नौ विकेट गुमाउँदा एक सय ३६ रन बनाउन सक्यो । १५ रनमा पहिलो विकेट गुमाएको काठमाडौंले २३ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर जयकिशन कोल्सावल १८ रनमा आउट भए भने अमित श्रेष्ठ मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि पवन सराफ व्यक्तिगत २८ रनमा आउट हुँदा काठमाडौ‌ंले ८१ रनमा तेस्रो विकेट खेर फाल्यो ।

कप्तान ज्ञानेन्द्र मल्ल र विदेशी खेलाडी गौरभ तमोरबीच राम्रो साझेदारी भइरहेका बेला चितवनका कप्तान पारस खड्काले यो साझेदारी तोड्न सफल भए । तोमर ३९ रनमा आउट भएपछि काठमाडौंले खेल आफ्नो हातबाट फुस्कायो ।

लगत्तै नरेश बुढाऐर र कप्तान ज्ञानेन्द्र मल्ल पनि ३० रन तथा पृथु बास्कोटा मात्र चार रनमा आउट भएपछि काठमाडौंले एक सय २५ रनमा सात विकेट गुमायो ।

त्यसपछि पुछारका खेलाडी एकपछि अर्को विकेट झरेपछि काठमाडौंले प्रतियोगितामा पहिलो हार व्यहोर्यो । बलिङतर्फ करण केसीले तीन तथा पारस खड्काले दुई विकेट लिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...