भारतलाई हराउँदै बंगलादेश फाइनलमा

Saff xnithxayhz

काठमाडौं । बंगलादेश नेपालमा भैरहेको यू-१५ साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा भारतलाई पेनाल्टीमा चार दुई गोलले हराउदै बंगलादेशले फाइनलमा स्थान बनायो ।

ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको सेमिफाइलमा बंगलादेशलाई नाटकीय रुपमा खेलमा जित निकाल्यो । त्यसो त भारतले ९० मिनेटमा एक गोलको अग्रता जोगाउन सकेन ।

खेलको २५ औं मिनेटमा भारतका सैलेश हर्षले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको भारतविरुद्ध दोस्रो हाफमा बंगलादेशले खेलमा फर्कने केही मौका पाएपनि सफल हुने सकेन तर खेल सकिन करिब एक मिनेट बाँकी हुँदा बंगलादेशले पेनाल्टी पायो । जसलाई बंगलादेशले सदुपयोग गर्दै खेल बराबरी गर्यो ।

९० मिनेटसम्म दुवै टिमबाट एक–एक गोल भएपछि खेल पेनाल्टीमा पुगेको थियो । जसमा भारतका दुई खेलाडीको प्रहारले सही दिशामा लिन सकेन भने बंगलादेशका ५ खेलाडीले नै पेनाल्टीलाई सदुपयोग गरे ।

उपाधिका लागि बंगलादेशले नेपाल र पाकिस्तानबीचको विजेतासँग खेल्नेछ । यो खेल दिउँसो साढे २ बजे हुनेछ ।

प्रतिकृया दिनुहोस