धनगढीलाई हराउँदै पिपिएल टी–२० मा चितवन राइनोजको पहिलो जित दर्ता

Chitawan raino ppl

पोखरा । पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजले एक्पर्ट धनगढी बुल्जलाई १ सय २६ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

पोखरा रंगशालामा मंगलबार सम्पन्न खेलमा चितवन राइनोजले दीपेन्द्रसिंह ऐरीको टिम एक्स्पर्ट धनगढी ब्लुजलाई १२६ रनको भारी अन्तरले पराजित गर्दै पीपीएल क्रिकेटमा पारस खड्काको टिम चितवन राइनोजले पहिलो जित निकालेको हो । चितवन सुरुवाती २ खेलमा पराजित भएको थियो । तीन खेल खेलेको धनगढीले पहिलो खेलमा काठमाडौंसँग हार बेहोर्दा दोस्रो खेलमा जित हात पारेको थियो ।

१९४ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको एक्सपर्ट धनगढीले १६.२ ओभरमा सबै विकेटको क्षतिमा ६७ रन बनाएको थियो । धनगढीले सुरुवातीदेखि नै विकेट गुमाएको थियो ।

शुन्य रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले दोस्रो विकेटको रुपमा डेन लवारेन्सलाई पनि शुन्य रनमै गुमाएको थियो । चौथो ओभरको चौथो बलमा टिमको स्कोर ७ रन हुँदा सन्दीप सुनारलाई गुमाएपछि दबावमा आएको थियो ।

धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी १ रनमा आउट भए भने सौरभ खनाल ८ र दिलिप नाथ शुन्य रनमै आउट भए । विदेशी खेलाडी पिटर ट्रेगोले २७ रन बनाउँदै इनिङ्सलाई सम्हाल्ने कोशिस गरेका थिए तर, उनी पनि भुवन कार्कीको बलमा क्याच आउट भए । त्यस्तै योगेन्द्रसिंह कार्कीले १७ रन बनाए ।

बलिङतर्फ चितवनका लागि सुन्नी पटेलले ४ विकेट लिए भने भुवन काकी र स्मित पटेलले समान २–२ विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनायो । उसको सुरुवात निकै राम्रो रहृयो । अनिलकुमार साह र हरिशंकर साहले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गरे ।

हरिशंकरले ५३ रन बनाए । अनिल ३७ रनमा आउट भए । सन्नी पटेल २६ रनमा अविजित रहँदा समिट पटेलले २४ रन जोडे । कप्तान पारस खड्काले १९ रन बनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...