भारतसँगको खेलमा वेष्ट इन्डिज २२४ रनको फराकिलो अन्तरले पराजित

Bharat bestindiz

काठमाडौं । भारतद्वारा वेष्ट इन्डिज २२४ रनले पराजित भएको छ ।

सोमबार राति सम्पन्न भएको चौथो एक दिवसीय क्रिकेट खेलमा भारतसँग वेष्ट इन्डिजले लज्जास्पद हार ब्यहोरेको हो ।

३७८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले ३६.२ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन मात्रै बनाउन सक्यो ।

 

मुम्बईमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले वेष्ट इन्डिजविरुद्ध ३७७ रनको विशाल स्कोर बनाएको थियो । भारतका लागि दुई जना खेलाडीले शतक प्रहार गरे । भारतका ओपनर रोहित शर्माले १६२ रन बनाए । उनले १३७ बलमा २० चौका र ४ छक्का प्रहार गर्दै १६२ रन बनाएका थिए ।

त्यस्तै, भारतका लागि आमबती रयुडुले १०० रन बनाए । उनले ८१ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, भारतका लागि शिखर धवनले ३८ रन बनाए ।

बलिङतर्फ वेष्ट इन्डिजका केमार रोयचले २ विकेट लिए । ५ खेलको एक दिवसीय सिरिजमा भारतले २–१ ले लिड गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...