साफ यू–१५ सेमिफाइनलः पाकिस्तानसँग नेपाल र बंगलादेशसँग भारत भिड्ने

साफ यू–१५

काठमाडौं । साफ यू–१५ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ए बाट बंगलादेश र नेपाल तथा समूह बी बाट पाकिस्तान र भारत सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलमा नेपालले समूह बी को विजेता पाकिस्तानसँग खेल्नेछ भने विजेता बंगलादेशले समूह बी को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलको ६० मिनेट १० खेलाडीमा समेटिएको बंगलादेशबिरुद्ध नेपालले जित हासिल गर्न सकेन । घरेलु मैदानमा नेपालले स्तरीय खेल प्रदर्शन गर्न सकेन । खेलको दोस्रो मिनेटमै बंगलादेशले अग्रता लिएको थियो ।

मोहम्मद अहख सकिलले बंगलादेशका लागि सुरुआती गोल गरेका थिए । घरेलु मैदानमा एक शून्यले पछि परेको स्थितिमा नेपाल खेलमा फर्कन प्रयासरत थियो । ३२औं मिनेटमा बंगलादेशी गोलरक्षक मितुल मार्माले गम्भीर गल्ती गरे ।

उनले नेपाली स्ट्राइकर राकेश विश्वकर्मालाई डिबक्सभित्र फल गरे। रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाए भने नेपाललाई पेनाल्टीको अवसर दिए । ३६औं मिनेटमा जान लिम्बुले गोल गरी खेल बराबरीको अवस्थामा ल्याएका थिए । पहिलो हाफमा एक एक गोलको बराबरी खेले पनि दोस्रो हाफको सुरुमै नेपालले गोल खायो ।

दोस्रो हाफ सुरु भएको केहि सेकेण्डमै बंगलादेशका मोहम्मख राइओन हवलदारले गोल गरेका थिए । हारसँगै नेपाल प्रतियोगिताको समूह ए बाट उपविजेता बनेको छ । यसअघि सोमबारै भएको खेलमा भारतले भुटानलाई ४–० गोलले हराउँदै समूह उपविजेताका रुपमा सेमिफाइनल पुग्यो । भारतको जितमा सुब्बाब कुसाङले २ गोल गर्दा पाउल सुभोले एक गोल गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...