आजको पहिलो खेलमा काठमाडौं रोयल्स विजयी

Untitled 4 26 768x366

पोखरा । पोखरा प्रिमियर लिग अन्तर्गत सोमबारको पहिलो खेलमा काठमाडौ रोयल्स पाँच विकेटले विजयी भएको छ ।

विराटनगरले दिएको एक सय ५० रनको लक्ष्य काठमाडौंले १९.२ ओभरमा ५ विकेट गुमाइ भेट्टायो ।

काठमाडौंका लागि सर्वाधिक रन गौरव टोमारले बनाए । उनले ४६ बलको सामना गर्दै ६६ रन बनाए । अमित श्रेष्ठले ३५ रन, कप्तान ज्ञानेन्द्र मल्लले १७ रनको योगदान गरे । पृथु बास्कोटा ५ रन र अमर रौतेला ९ रनमा अविजित रहे ।

विराटनगर टाइटन्सका लागि शहाब आलमले २ विकेट लिएका थिए । किशोर महतो, सन्दिप लामिछाने र जितेन्द्र मुखियाले समान १ विकेट लिएका थिए ।

आजको दोस्रो खेल पोखरा पल्टन र चितवन राइनोज बीच पोखरा रंगाशालामा दिनको एक बजे हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...