काठमाडौंलाई विराटनगरले दियो १ सय ५० रनको लक्ष्य

Sandeep vs gyan ax2lkwqdrf

पोखरा । विराटनगर टाइटन्सले हुलास काठमाडौंलाई १ सय ५० रनको लक्ष्य दिएको छ ।

टस जीतेर ब्याटिङ गरको विराटनगरले मोहम्मदजाहिद आलमको ६७ रन मद्घतमा रन बनायो । ओपनि ब्याटिङमा आएका आलमले ४७ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । विराटनगरका सुनिल धमलाले ३० रन बनाए । राजेश पुलामी मगरले ३० रनको योगदान गरे ।

काठमाडौंका सुसुन भारी र गौरभ तोमारले समान दुई दुई विकेट लिए । ४ ओभर बलिङ गरेका भारीले १९ र ४ ओभर नै बलिङ गरेका तोमारले २९ रन दिए । अमर राउटेल्ला काठमाडौंका लागि महँगो साबित भए । ३ ओभर बलिङ गरेका राउटेल्लाले ३९ रन दिए । लगातार दुई खेल हारेको विराटनगर आजको खेलमा जीत्नै पर्ने दवाबमा रहेको छ ।

पहिलो खेलमा पोखरासँग हारेको विराटनगर दोस्रो खेलमा धनगढीसँग हारेको थियो । विराटनगरलाई अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्नका लागि आजको खल जीत्नुपर्ने हुन्छ ।

काठमाडौं भने पहिलो खेलमा विजयी भएको थियो । काठमाडौंले पहिलो खेलमा धनगढीलाई पराजित गरेको थियो । आजै हुने दोस्रो खेलमा चितवन टाइगर्स र पोखरा राइनोज खेल्नेछन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...