सरौखोलाको साधनेमा भलिवल प्रतियोगिता शुरु, तिवारीले गरे उद्घाटन

Parbat khel

पर्वत । पर्वतको पैयूँ गाउँपालिका वडा नं. ६ सरौंखोलाको साधनेमा भलिवल प्रतियोगिता सुरु भएको छ ।

जनप्रिय युवा क्लवको आयोजनामा आइतबार सुरु भएको सो भलिवल प्रतियोगिताको उद्घाटन बिनु माविका शिक्षक खगेन्द्रप्रसाद तिवारीले गरे ।

उद्घाटन कार्यक्रममा उनले खेल क्षेत्रको विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने बताए । क्लबले बार्षिक रुपमा प्रतियोगिताको आयोजना गरेर खेलाडीहरुको खेल प्रतिभाको विकासमा महत्वपूर्ण योग्दान पुर्‍याएकोमा क्लबको प्रशंसा गरे ।

उनले क्लबले बिकास निर्माणका कामदेखि सामाजिक रुपान्तरणमा पुर्‍याइरहेको योगदान प्रशंनीय रहेको बताए । क्लबलाई आवश्यक पर्ने खेलकुदका सामाग्री, भौतिक, नैतिक एवं आर्थिक सहयोग गर्न आफु सदैव तयार रहेको तिवारीको भनाई थियो ।

सो प्रतियोगितामा २० देखि २५ टीम सहभागी हुने क्लबका उपाध्यक्ष मनबहादुर रानाले बताए । सोमबारदेखि विभिन्न समूहबीच प्रतिष्पर्धा हुनेछ ।

क्लबले स्थानीय स्तरमा १५ वर्षदेखि खेलकुद लगायतका सामाजिक काममा सहभागीता जनाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...