विराटनगरसँगको खेलमा धनगढीको ७८ रनले विजयी

Nepali

कास्की । पीपीएल क्रिकेटमा एक्स्पट धनगढीले विराटनगर टाइटन्सलाई ७८ रनले हराएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

१ सय ८३ रनको चुनौतीका साथ मैदानमा उत्रेको विराटनगर १६.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४ रनमात्र बनाउन सक्यो । विराटनगरका लागि सुनिल धमलाले २१, भारडिातय खेलाडी एन्रोइ सुविक्सनले १८, मोहम्मद जाइदले १९ रन बनाए । विराटनगरका अन्य ब्याटसम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

धनगढीका डान लोरेन्सले ३ तथा दिपेन्द्रसिंह ऐरीले २ विकेट लिए । कमलसिंह ऐरी र रोविन क्षेत्रीले एक एक विकेट लिए । यसअघि ब्याटिङ गरेको धनगढीका लागि पीडी ट्रेगोले ५३ रनको योगदान दिए । कप्तान दिपेन्द्रसिंह ऐरिले २९, सन्दीप जोरा १२ रनमा आउट भए । सौरभ खनालले ४१ रनको बिष्फोटक पारी खेले । खनालले १३ बलमा २ चौका र ५ छक्का हाने ।

विराटनगरका जीतेन्द्र मुखियाले ४ विकेट लिए । मुखियाले ४ ओभर वलिङ गरेर ४९ रन दिए । विराटनगरका सुनिल धमला, सन्दीप लामिछाने, किशोर महतो, पीडि ट्रेगो र मोहम्मद जाहिदले समान एक एक विकेट लिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...