साफ यू–१५ फुटबलः नेपाल सेमिफाइनल प्रवेश, माल्दिभ्सको पोष्टमा बंगलादेशको नौ गोल

साफ यू–१५ फुटबल

काठमाडौं । नेपाल यू–१५ साफ च्याम्पियनसिपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा बंगलादेशले माल्दिभ्सलाई ९–० गोलले पराजित गरेसँगै नेपाल समूहको एक खेल अगावै सेमिफाइनलमा पुग्ने निश्चित भएको हो ।

यो समूहमा नेपाल, बंगलादेश र माल्दिभ्स छन्। माल्दिभ्सले दुवै खेलमा पराजय ब्यहोरेपछि नेपालसँगै बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । समूहको अन्तिम खेल नेपालले बंगलादेशबिरुद्ध खेल्दैछ । त्यही खेलले समूह विजेताको टुंगो लगाउनेछ । नेपालले समूहको पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलले हराएको थियो ।

शनिबार सातदोवाटो मैदानमा माल्दिभ्सलाई बंगलादेशले ९–० गोलले हराउँदा उसका निहत जमानले ह्याट्रिकसहित ४ गोल गर्दा रसेल अहमद र आसिकुर रहमानले २–२ गोल गरे। त्यस्तै एक गोल कप्तान मोहम्मद मेहेदी हसनले गरे ।

पहिलो हाफमा चार गोल गर्दा जमानले ह्याट्रिक गरेका थिए । बंगलादेशले दोस्रो हाफमा पाँच गोल गरेको थियो । यसअघि शनिबार नै भएको अर्को खेलमा भुटानलाई ४–० गोलले हराउँदै पाकिस्तान पनि समूह बीबाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा भारतलाई २–१ गोलले हराएको पाकिस्तान ६ अंकसहित समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। समूहको अन्तिम खेलमा भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ। त्यस खेलले यो समूहबाट सेमिफाइनलमा पुग्ने दोस्रो टोलीको टुंगो लगाउनेछ ।

शनिबार भुटानबिरद्ध पाकिस्तानले चारै गोल पहिलो हाफमा गरेको थियो। पाकिस्तानका लागि मोइन अहमदले २९औं र ४२औं मिनेटमा गरी २ गोल गरेका थिए । त्यसअघि २०औं मिनेटमा मुदासर नजरले तथा २३औं मिनेटमा इफितकर अहमदले गोल गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...