काठमाडौंले धनगढीलाई दियो १८१ रनको लक्ष्य

Kathmandu vs dhangadi 503x300

पोखरा । काठमाडौंले धनगढीलाई १८१ रनको लक्ष्य दिएको छ ।

पोखरामा जारी पोखरा प्रिमियर लिग ९पिपिएल० अन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई सो रनको लक्ष्य दिएको हो ।

पोखरा रंगशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं रोयल्सले २० ओभरमा ३ विकेट गुमाउँदै १८१ रनको उच्च योगफल बनाएको हो ।

काठमाडौंका लागि गौरब टोमार शतक बनाउनबाट मात्र ५ रनले चुके । टोमारले ४४ बलमा ४ चौंका र १० छक्का प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए । उनी १९.३ ओभरमा दिपेन्द्रसिंह ऐरीको बलमा सन्दीप सुनारको हातबाट क्याच आउट भए । नरेश बुढाऐरले पनि नट आउटमा ३६ रन जोडे । उनले २४ बलमा २ चौंका र २ छक्का प्रहार गरे ।

त्यस्तै जयकिशन कोल्सावालाले २५ र अमित श्रेष्ठले १२ रन बनाए । अमरसिंह रोउटेला २ रनमा अभिजित रहे ।

धनगढीका लागि पिटर ट्रिगो, सागर ढकाल र दिपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । काठमाडौंको नेतृत्व ज्ञानेन्द्र मल्ल र धनगढीको नेतृत्व दिपेन्द्रसिंह ऐरीले गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...