पोखरा प्रिमियर लिग : सोमपाल चम्किँदा पारस निरास

Ppl pokhara

पोखरा । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्सले पारस खड्का कप्तान रहेको चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ ।

टस हारेर ब्याटिङ थालेको बुटवलले २० ओभरमा ५ विकेट गुमाउँदै १३५ रन बनाएको थियो भने १३६ रनको लक्ष्य पछ्याएको चितवन १६ ओभर ५ बलमा ६५ रनमा अलआउट भयो ।

बुटवलका तर्फबाट सोमपाल कामीले चार, ललित भण्डारीले दुई, रोहन मुस्तफाले एक विकेट झारेका थिए ।

चितवनका लागि पारसले सर्वाधिक १० रन बनाए । सन्नी पटेलले ९ रन बनाए भने करण केसीले ७, स्मिथ पटेलले दुई र हरिशंकर साह १ रन जोडे । सोनु तामाङ, अनिलकुमार साह र आरिफ शेख शून्य रनमा आउट भए ।

विदेशी खेलाडी चिराग सुरीले १ रन बनाए भने रोहन मुस्तफाले खाता नै खोल्न सकेनन् । भिम सार्की दुई रनमा आउट भए ।

चौथो विकेटका लागि सागर पुन र शंकर रानाले ६८ रनको साझेदारी गरे । सागर ४६ रनमा पेभेलियन फर्किए भने राना ४८ रनमा आउट भए ।

यसैगरी शंकर र सिद्धान्त लोहनीले पाँचौ विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...