फिफा बरियतामा नेपालको एक तह घटुवा

Fifa

काठमाडौं । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) ले ज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना नेपाल १६०औँ स्थानमा थियो ।

विश्व बरियतामा बेल्जियमले शीर्ष स्थानमा अटाएको छ । विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा ब्राजिल तेस्रो, क्रोएशिया चौंथो र इङ्ल्याण्ड पाँचौँ, छैटौँमा उरुग्वे, सातौँमा पोर्चुगल, आठौँमा स्वीट्जरल्याण्ड, नवौँमा स्पेन र दशौँमा डेनमार्क रहेका छन् ।

दक्षिण एशियाली देशमा भारत सबैभन्दा माथि ९७औँ, माल्दिभ्स १५१, भूटान १८८औं स्थानमा रहँदा बङ्गलादेश १९४ औं, पाकिस्तान १९९औँ र श्रीलङ्का २०१औं स्थानमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...