विजेता नेपाली टिम आज स्वदेश फर्कँदै

Winner photo cjxdwx0qy9

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत एसिया उपक्षेत्रीय प्रतियोगिताको विजेता बनेको नेपाली टिम आज स्वदेश फर्किदैछ ।

नेपाली टिम आज मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली टिमका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए ।

नेपालले छनोट प्रतियोगितामा ६ खेलमध्ये पाँच खेलमा फराकिलो अन्तरले जित निकालेको थियो भने अन्तिम खेलमा सिंगापुरसँग पानी परेपछि बराबरीमा चित्त बुझाएको थियो ।

सिंगापुर र नेपालको खेल बराबरी भएसँगै समान ११-११ अंक भए पनि रनरेटका आधारमा नेपालले उपाधि जित्न सफल भएको थियो । उपाधि विजेता नेपाली टिमलाई काठमाडौंमा भव्य स्वागत गर्ने तयारी पनि गरिएको छ ।

तर नेपाली युवा बलर तथा यस प्रतियोगिताको म्यान अफ् दी सिरिज भएका सन्दीप लामिछाने भने आज नेपाली टिमसँगै नफर्कने भएका छन् । उनी मलेसियाबाट सिधै यूएई जाने छन् । सन्दीपले यस प्रतियोगितामा सर्वाधिक २४ विकेट लिएका थिए ।

त्यहाँ जारी अफगानिस्तान प्रिमियर लिग एपीएलमा अनुबन्ध भएका सन्दपीले कान्धार टिमबाट खेल्ने छन् । एपीएल सकिएपछि मात्रै सन्दीप नेपाल आउने म्यानेजर सिवाकोटीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...