मनाङ मस्र्याङ्दीकको विजयी शुरुवात

Manag masyagdi

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दीले विजयी शुरुआत गर्दा हिमालयन शेर्पा र एपीएफ गोल रहित बराबरीमा रोकिएका छन् । एन्फा मैदान सातदोबाटामा शुक्रबार भएको दोस्रो खेलमा मनाङले व्रिगेड ब्वाईजलाई ३–१ गोल अन्तरले पराजितगर्दै लिगमा सुखद् शुरुआत गर्यो ।

मनाङले पहिलो हाफमा १–० ले पछि परेको स्थितिलाई उल्टाउँदै दोस्रो हाफमा ३ गोल गर्न सफल भयो । २८औं मिनेटमा रजत तिवारीले गोल गरेका थिए । डी बक्स बाहिरबाट तिवारीले प्रहार गरेको बललाई मनाङका किपरले किलियर गर्न नसक्दा गोलमा परिणत भएको थियो ।

दोस्रो हाफको शुरुमै मनाङका हेमन गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ५७औं मिनेटमा वलावाले अफिजले गोल गर्दै मनाङलाई २–१ को अवस्थामा पुर्याए । मनाङले तेस्रो गोल इन्जुरी समयमा गरेको थियो । यस पटक पनि नाइजेरियाली स्ट्राइकर अफिजनै सफल भए ।

यसअघि शुक्रबारनै भएको पहिलो खेलमा हिमालयन शेर्पा र विभागीय टोली एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाँडे । निरस खेलमा दुवै टोलीले एउटा पनि सशक्त प्रहार गर्न सकेनन् ।

योसँगै ए डिभिजिन लिगको पहिलो चरणको खेल सकिएको छ । असोज १३ गतेबाट शुरु भएको ए डिभिजन लिग बंगबन्धु गोल्डकपका कारण केहिदिन स्थगित भएर असोज २४ गतेबाट पुनः शुरु भएको थियो । लिगका बाँकी खेलहरु तिहारपछि मात्रै शुरु हुने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...