विश्वकप टी–ट्वान्टी अन्तिम खेलमा नेपाल बन्यो च्याम्पियन

Cricket 122

काठमाडौं । विश्वकप टी–ट्वान्टी एसिया उपक्षेत्रीय छनोट खेलका अन्तिम खेल बर्षाका कारण बराबरीमा सकिएको छ ।

खेल बराबरीमा सकिएपछि नेपाल रनरेटका आधारमा च्याम्पियन बनेको छ । अघिल्लो चरणमा प्रवेश गरिसकेको दुवै टीम नेपाल र सिंगापुर उपाधिका लागि खेलेको थियो । नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको सिंगापुरले ८२ रनको लक्ष्य पाएको थियो ।

तर, जवाफी ब्याटिङमा नेपालले पहिलो ओभरमै विकेट गुमाएको थियो । पहिलो ओभर सकिएपछि बर्षाका कारण रोकिएको खेल फेरि शुरु हुन सकेन र बराबरीमा सकिएको छ ।

टस होरेर ब्याटिङको निम्तो पाएको सिंगापुर १७ दशमलव ३ ओभरमा अलआउट भयो । नेपालका लागि सन्दीप लामिछानले सर्वाधिक चार विकेट लिएका छन् । सोमपाल कामी र करण केसीले दुईरदुई विकेट लिएका छन् भने बसन्त रेग्मी र ललित राजवंशीले समान एकरएक विकेट लिएका छन् ।

यही खेलबाट नेपालका युवा स्पिनर सन्दीप लामिछानेले नयाँ रेकर्ड बनाएका छन् । एउटै सिरिजमा २४ विकेट लिने खेलाडीको रेकर्ड लामिछानेले बनाएका हुन् ।

यसअघि २१ विकेट लिएका बसन्त रेग्मीको नाममा एउटै सिरिजमा धेरै विकेट लिने रेकर्ड थियो । तर, सिंगापुरसँगको खेलमा दुई विकेट लिदै सन्दीपले नयाँ रेकर्ड बनाएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...