नेपाल आज सिंगापुरसँग भिड्दै

Creattttt

काठमाडौं । मलेसियामा जारी आईसीसी टि-२० विश्वकप छनोट अन्तर्गत एसियाली समूह ‘बी’ को अन्तिम खेलमा आज नेपालले सिंगापुरसँग खेल्दैछ ।

समूहका ५ खेलमा लगातार जित निकालेको नेपालले अन्तिम खेलमा चिरपरिचत प्रतिद्वन्द्वी सिंगापुरसँग खेल्न लागेको हो ।

क्वालालम्पुरस्थित वायुमस ओभलमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समयअनुसार दिउँसो सावा १२ बजे सुरु हुनेछ । खेल दुबै टोलीका लागि फाईनलसरह हुनेछ ।

दुबै टोलीले यसअघिका सबै ५ खेल जितेकाले आजको विजेताले उपाधि उचाल्ने छ । अन्तिम खेलअघि नेपाल र सिंगापुर दुबै टोलीको समान १० अंक छ । नेट रनरेटमा भने नेपाल अगाडि छ ।

मलेसियामा जारी प्रतियोगिताबाट नेपाल र सिंगापुरले दोस्रो चरणको छनोटमा स्थान बनाउँदा अर्को एक टोलीको तय हुन बाँकी छ । छानिने ३ टोलीले एसियाली छनोटको दोस्रो चरणमा अर्को समूहबाट आउने टोलीहरुसँग प्रतिस्पर्धा गर्ने छन् ।

त्यहाँबाट छानिने टोलीहरुले विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने अवसर पाउने छन् । १४ राष्ट्रले खेल्ने ग्लोबल छनोटको शीर्ष ६ टिमले विश्वकपमा स्थान बनाउने छन् । सन् २०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अष्ट्रेलियामा हुने टि(२०विश्वकपमा १६ टोलीले सहभागिता जनाउने छन् ।

प्रतिकृया दिनुहोस