आजको खेलमा नेपालको शानदार जित, भुटानी ३३ रनमै अलआउट

Nepali cricket team

काठमाडौं । आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोट खेलमा नेपालले भुटानबिरुद्ध शानदार जित निकालेको छ । नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटानले अलआउट हुँदै ३३ रन मात्रै जोड्न सक्यो ।

नेपालका लागि सन्दीप लामिछाने र ललितराज राजवंशीले तीनरतीन विकेट लिए । बसन्त रेग्मीले दुई र दिपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर प्रदीप ऐरीले नटआउट ७५ रन जोडे । अर्का ओपनर बिनोद भण्डारीले भने खाता खोल्न सकेनन् । अनिल साह २७, दिपेन्द्रसिंह ऐरी २५ र आरिफ शेखले १३ रन जोडे ।

भुटानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गरेको थियो ।

प्रतिकृया दिनुहोस