कञ्चनपुरका पत्रकार स्व. कर्ण बोहराको स्मृतिमा क्रिकेट प्रतियोगिता

So. prtiwagita jpg

काठमाडौं । नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष स्वर्गीय कर्ण बोहराको स्मृतिमा महेन्द्रनगरमा क्रिकेट सुरु भएको छ । महाकाली स्पोटर्स सोसाईटीको आयोजनामा आईतवारदेखि स्वर्गीय पत्रकार कर्ण बोहरा स्मृति कप क्रिकेट प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका सांसद तारालामा तामाङ्गले गरे । आयोजकका अनुसार प्रतियोगितामा १२ टिमको सहभागिता रहेको र ६-६ टिम दुई पोलमा विभाजन गरिएको छ । प्रतियोगिताका खेलहरु महेन्द्रनगरको खुलामञ्च र दोधार संचालन गरिने छ ।

प्रथम पुरस्कार १ लाख, ५१ हजार, द्वीतिय पुरस्कार ७५ हजार ५ सय ५५ रुपैया दिईने छ । उक्त रकम मध्ये ३० प्रतिशत रकम कर्ण बोहराको परिवारलाई दिईने छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष एंव न्यूज २४ टिभीका सुदूरपश्चिम ब्यूरो प्रमुख एव स्थानीय पश्चिम नेपाल दैनिकका सम्पादक बोहराको २०७३ सालमा मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...