आज नेपाल र भारत आमनेसामने हुँदै, कसले मार्ला त बाजी ?

Women football

काठमाडौं । साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।

भुटानको राजधानी थिम्पुस्थित चामलिमिथाङ स्टेडियममा हुने खेलमा भारत र नेपालबीच प्रचष्पिर्धा हुँदैछ । खेल स्थानीय समयअनुसार दिनको साँढे ३ बजे सुरु हुनेछ ।

समूह ‘बी’को उपविजेता बन्दै प्रतियोगिताको अन्तिम चारमा पुगेको नेपालले सेमिफाइनलमा समूह ‘ए’को विजेता टोली भारतसँग प्रतिपष्र्धा गर्दैछ । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलोपटक आयोजना गरेको सो प्रतियोगितामा उपाधि जित्ने दाउँमा छ ।

तर, समूह चरणको प्रदर्शनका आधारमा हेर्ने हो भने भारत केही बलियो देखिएको छ । भारतले समूहगत चरणका दुईमध्ये पहिलो खेलमा आयोजक भुटानलाई ४–० र दोस्रो खेलमा माल्दिभ्सलाई ८–० गोलको भारी अन्तरले पराजित गरेको थियो ।

नेपालले पहिलो खेलमा पाकिस्तानलाई १२–० गोलले पराजित गरेको थियो । दोस्रो खेलमा बंगलादेशसँग २–१ गोलले पराजित गरेको थियो । त्यसैले नेपालले फाइनलको यात्रा तय गर्दै उपाधिको सम्भावना जीवित राख्न शुक्रबारको खेलमा निकै मेहनत गर्नुपर्नेछ । त्यसका लागि नेपालले सेमिफाइनलमै भारतको चुनौतीलाई पन्छाउनुपर्ने छ ।

नेपाली टोली कुनै पनि प्रतियोगितामा भारतसँग प्रतिस्पर्धा गर्दा मानसिक रूपमा निकै कमजोर देखिने गरेको छ । शुक्रबारको खेलमा आफ्नो मनोबल उच्च बनाउन सके नेपालले भारतलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गर्ने सम्भावना छ ।

शुक्रबार साँझ ७ बजे सुरु हुने दोस्रो सेमिफाइनल खेलमा भने आयोजक भुटानले बंगलादेशको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...