साफ यु-१५ को नयाँ खेल तालिका सार्वजनिक

Saaf khel talika 239x300

काठमाडौं । साफ यु-१५ पुरुष च्याम्पियनसिमको नयाँ खेल तालिका सार्वजनिक भएको छ ।

श्रीलंकाले अन्तिम समयमा आएर प्रतियोगिता नखेल्ने निर्णय गरेपछि साफको नयाँ तालिका सार्वजनिक भएको हो ।

नयाँ तालिका अनुसार नेपाल समुह ए मा रहेको छ । नेपाल रहेको समुहमा बङ्गलादेश र माल्दिभ्स रहेका छन् । त्यस्तै समुह बि मा भारत भुटान र पाकिस्तान रहेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सञ्चालन हुने प्रतियोगिता अक्टोबर २५ देखि ३ नोभेम्वरसम्म चल्ने छ ।

प्रतियोगिताको पहिलो खेल आयोजक नेपालले २५ अक्टोवरमा माल्दिभ्ससँग खेल्नेछ । त्यस्तै दोस्रो खेल बंगलादेशसँग खेल्ने छ । प्रतियोगिताको फाइनल खेल भने नोभेम्वर ३ मा हुनेछ ।

प्रतिकृया दिनुहोस