बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप नेपालका लागि ठूलै चुनौती

Bangbandhu cup

काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले ताजकिस्तानको सामना गर्दैछ ।

बंगलादेशको उत्तर पूर्वी सहर सिलेटमा खेल नेपाली समयानुसार साँझ सवा ६ बजे सुरु हुनेछ । नेपाल गत संस्करणको विजेता पनि हो ।

आयोजक बंगलादेश फुटबल फेडेरेशनले गत संस्करणको पुरस्कार वापतको पूरा रकम नै नेपाललाई नदिएपछि नेपालले यो वर्ष भाग नलिने बताएको थियो । तर, अन्तिम समयमा नेपालले पाउनुपर्ने बाँकी रहेको २५ हजार प्रतियोगिता सुरु हुनुभन्दा दुई हप्ताअघि एन्फाको खातामा पठाएपछि नेपालले जारी संस्करणमा सहभागिता जनाउने निश्चित गरेको थियो ।

हाल फिफा वरियतामा ताजकिस्तान १ सय २० औं स्थानमा छ भने नेपाल १ सय ६० औं स्थान छ । नेपालले ताजकिस्तानविरुद्ध गत वर्ष एएफसी एसियन कप छनोटमा प्रतिस्पर्धा गरेका दुवै खेलमा हार बेहोरेको थियो ।

आजको खेलमा राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ र अनुभवी मिडफिल्डर रोहित चन्द टोलीमा सहभागी छैनन् । उनीहरुको अनुपस्थितीले नेपालमाथि अर्को चुनौती थपिएको छ । किरणले माल्दिभ्सको टीसी स्पोर्ट्सबाट खेल्छन् भने रोहित इन्डोनेसियामा छन् ।

नेपालको स्ट्राइकरको जिम्मेवारी भरत खवास, नवयुग श्रेष्ठ र विमल घर्तिमगरले सम्हाल्नेछन् । मिडफिल्डमा महर्जनले विशाल राई, सुनील बल, सुजल श्रेष्ठ, निराजन खड्का मैदान उत्रिने भएका छन् । रक्षकमा कप्तान विराज महर्जनले सुरुवाती एघारमा मौका पाउने सम्भावना कम छ । सो स्थानमा सुमन अर्याल, दीनेश राजवंशी, अनन्त तामाङ, आदित्य चौधरी मौका पाउन सक्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...