नेपाललाई युएईले दियो २ सय ६९ रनको चुनौती

Cricket

काठमाण्डौं । बंगलादेशमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई युएईले २ सय ६९ रनको चुनौती दिएको छ ।

टस जीतेर ब्याटिङ गरेको युएइले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६८ रन बनायो । नेपालका लागि रासिद खान, नन्दन यादव र पवन सरिफले समान दुई दुई विकेट लिए । सागर ढकाल र सुर्य तामाङले एक एक विकेट लिए ।

एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएका युएइ र नेपालका लागि आजको खेल प्रतिष्ठाको लागि मात्र हुनेछ । यस समूहबाट भारत र अफगानिस्तानले समान ४–४ अंक जोडेर सेमिफाइनलमा प्रवेश गरिसकेका छन ।

नेपाल पहिलो खेलमा भारतसँग १ सय ७१ रनले पराजित भएको थियो भने हिजो भएको दोस्रो खेलमा अफगानिस्तानसँग ३ विकेटले हारेको थियो ।

प्रतिकृया दिनुहोस