काठमाडौंमा जारी भलिबल खेलको सेमिफाइनल आज

V nepal

काठमाडौं । भारतको आधिअवाधी फाउण्डेसन र नेपाल भलिबल सङ्घको आयोजनामा यहाँ जारी सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताका दुबै सेमिफाइनलका खेल मंगलबार हुँदैछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् ९राखेप०को कबर्डहलमा जारी प्रतियोगिताअन्तर्गत आज पहिलो सेमफिाइनलमा चितवन टाइगर्सले नेपाल पुलिस क्लबसँग तथा दोस्रो सेमिफाइलनमा एपिएफले न्यू डायमण्ड क्लबसँग खेल्नेछ ।

प्रतियोगितामा सहभागी छ टोलीमध्ये पोखरा पिङ्केज र त्रिभुवन आर्मी क्लब भने समूह चरणबाट बाहिरिएका छन् । यही असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा न्यू डायमण्ड, चितवन टाइगर्स र त्रिभुवन आर्मी सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस र पोखरा पिङ्केज गरी छ टोलीले सहभागिता जनाएका छन् ।

भलिबलको इतिहासमा सर्वाधिक राशि पुरस्कार राखिको प्रतियोगिताको विजेताले छ लाख, दोस्रोले तीन लाख र तेस्रोले एक लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र ५० हजार प्राप्त गर्ने नेपाल भलिबल सङ्का महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...