भारतले दियो नेपाललार्इ ३०५ रनको लक्ष्य

U 19 cricket vckzsldsuo

बंगलादेश । यू-१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा नेपाललाई भारतले ३०५ रनको लक्ष्य दिएको छ ।

निर्धािरत ५० ओभरको खेलमा भारतले ९ विकेटको क्षतिमा ३०४ रन बनायो । यसका लागि यशस्वी जैसवालले सर्वाधिक १०४ रन बनाए । आक्रामक खेल खेलिरहेका उनलार्इ ३५ औं ओभरको ५ औं बलमा नेपालका रसिद खानले भीम सार्कीको हातबाट क्याच आउट गराएका थिए ।

त्यसैगरी विष्फोटक ब्याटिङ गरेका प्राभ सिमरन सि‌हले ६१ बलमा ८२ रन बनाएका थिए ।

बलिङतर्फ भीम सार्कीले ७ ओभर बलिङ गर्दै ४२ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए । त्यसैगरी रसिद खानले ८ ओभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट हात पारे । कमल सि‌ह एेरी, सन्दिप झोरा र सागर ढकालले समान १/१ विकेट लिए ।

नेपालले भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको थियो ।

अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको नेपालको यसपटकको लक्ष्य फाइनल पुग्ने छ । यद्यपी एक पछि अर्को खेलमा राम्रो प्रदर्शन गर्दै अघि बढ्ने योजना नेपालको छ ।

नेपाल र भारत यू-१९ एकदिवसीयमा अहिलेसम्म सात पटक भिडेकोमा भारतकै पल्ला भारी छ । ६ खेल भारतले जितेको छ भने एक खेलमा नेपाल विजयी भएको छ ।

गत संस्करणको एसिया कपमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो । त्यसअघिका ६ खेलमा पराजित भएको थियो ।

सन् २००० मा भएको यू-१९ विश्वकपमा नेपालले भारतसँग ८ विकेटको पराजय ब्यहोरेको थियो । त्यसपछि एकैपटक सन् २०१२ मा भएको यू-१९ एसिया कपमा नेपाल ८१ रनले पराजित भएको थियो ।

सन् २०१३ मा भारत ९ विकेटले विजयी भयो भने सन् २०१६ को यू-१९ विश्वकपमा भारत ७ विकेटले विजयी भएको थियो भने त्यसे वर्ष भएको एसिया कपमा पनि भारत ६ विकेटले विजयी भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...