‘ए डिभिजन लिग’ आजदेखि

A division footbal game

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग शनिबारदेखि शुरु हुदैछ ।

घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग चार वर्षपछि आजदेखि शुरु हुन लागेको हो ।

रेलिगेशन नहुने प्रावधानसहित शुरु हुन लागेको लिगमा ए डिभिजनका १४ क्लबले करीब तीन महीना प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिता आगामी माघ १६ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज दिउँसो त्रिभुवन आर्मी क्लब र न्यरो टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे शुरु हुने लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...