एसिया कपः बंगलादेशलाई हराउँदै भारतले उचालीयो सातौं पटकको उपाधि

Bharat

काठमाडौं । भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ ।

शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा बंगलादेशलाई तीन विकेटले हराउँदै भारतले सातौं पटक एसिया कपको उपाधि उचालेको हो ।

टस हारेर ब्याटिङ गरेको बंगलादेशले राम्रो सुरुआत गरेको थियो । उसको पहिलो विकेट १२० रनमा गुमेको थियो । तर बंगलादेशले ठूलो स्कोर खडा गर्न सकेन । बंगलादेश ४८ ओभर ३ बलमा २२२ रनमा अलआउट भयो ।

भारतको जितमा रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । रविन्द्र जडेजाले २३ र भुवनेश्वर कुमारले २१ रन योगदान गरे । केदार जाधव २३ र कुलदीप यादव पाँच रन बनाउँदै नटआउट रहे ।

लक्ष्य पछ्याएको भारतले ५० ओभरमा २२३ रन बनाएर जित हासिल गर्‍यो । भारतका कुलदीप यादवले तीन र केदार जाधवले दुई विकेट लिए । जसप्रित बुमराह र युजवेन्द्र चहलले एक(एक विकेट हात पारे ।

म्यान अफ दी म्याचको अवार्ड बंगलादेशका लिटन दास र म्यान अफ दी टुर्नामेन्ट भारतका शिखर धवनले हात पारे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...