आकासमा उड्ने जहाज पानीको तालमा !

Plane

काठमाडौं । प्रशान्त महासागरको तटमा रहेको पपुआ न्यू गिनीको एक विमान बिहिबार एउटा यस्तो दुर्घटनाको शिकार भयो जसले सबैलाई चकित बनाइदियो ।

संघीकृत राज्य माइक्रोनेशियाको छुक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि रनवेमा गुडिरहेका बेला अनियन्त्रित भइ उक्त विमान नजिकैको तालमा पुगेको थियो । विमान रनवेभन्दा एक सय ४७ मिटर पर पुगेको थियो ।

एयर न्यूगिनी विमानमा सवार ३५ यात्री र १२ चालक दल सबै सुरक्षित रहेको स्थानीय अधिकारीले पुष्टि गरेका छन् ।

दुर्घटनाको कारण पत्ता लाग्न नसकेपनि यसबारे चाँडै नै अनुसन्धान थालिने बताइएको छ ।

‘विमान तालमा दुर्घटनाग्रस्त भयो, रनवेभन्दा लगभग एक सय ४७ मिटर पर,’ छुक एयरपोर्टका म्यानेजर जिम्मी इमिलियोले बीबीसीलाई बताए ।

‘अहिलेका लागि हामीलाई के भएको थियो, त्यसबारे जानकारी छैन । सकेसम्म भोलिदेखि नै अनुसन्धान थाल्ने छौं । विमानस्थललाई पुनः सुचारु गरिएको छ ।’

इमिलोका अनुसार बोइङ ७३७–८०० एयरक्राफ्टमा भएका सबै यात्रुलाई उपचारका लागि अस्पताल पुर्याइएको छ, तीमध्ये कतिलाई सामान्य चोट लागेको उनले जानकारी दिए ।

उक्त विमान माइक्रोनेशियाको पोन्पेई द्वीपबाट पपुआ न्यू गिनीको राजधानी पोर्ट मोरेसबाईका लागि उडेको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस