भारत र बंगलादेश एसिया कप उपाधिका लागि भिड्दै

India bangala dsh

काठमाडौं । एसिया कपको उपाधिका लागि भारत र बंगलादेश भिड्दै छन् ।

युएईमा जारी खेल नेपाली समय अनुसार साँझको पाँच बजेर १५ मिनेटमा हुँदैछ । सुपर चारको अंक तालिकामा बंगलादेश चार अंक सहित दोस्रो र भारत पाँच अंक सहित शिर्ष स्थानमा रहेको थियो ।

बंगलादेशले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा पाकिस्तान विरुद्धको खेलमा ३७ रनको जित निकालेको थियो । भारतलाई सुपर चारको उसको अन्तिम खेलमा अफगानिस्तानले बराबरीमा रोकेको थियो ।

सात पटक एसिया कपको फाइनल पुगेको भारतले चार पटक उपाधि जितेको छ भने बंंगलादेशले एक पटक फाइनल खेलेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...