पोखरीमा डुबेर महिलाको एक मृत्यु

Sab

लहान । सिरहाको नवराजपुर गाउँपालिका, ४ मा पोखरीमा डुबेर बुधबार एक महिलाको मृत्यु भएको छ ।

स्थानीय ५० वर्षीया कारी यादवको सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार डुबेर मृत्यु भएकी यादवको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहा लगिएको छ ।

प्रतिकृया दिनुहोस