बंगालदेशले पाकिस्तानलाई हरायो, अब फाइनलमा भारतसँग खेल्ने

Cricket

काठमडौं । एसिया कप क्रिकेटको उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन् ।

बुधबार रातिको खेलमा पाकिस्तानलाई ३७ रनले पराजित गर्दै बंगालदेशले भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

पहिला ब्याटिङ गरेको बंगलादेशका लागि मुस्फिकुर रहीमले ९९ तथा मोहम्मद मिथुनले ६० रनको उत्कृष्ट पारी खेले पछि पाकिस्तानलाई २४० रनको लक्ष्य दिएको थियो । यो संगै बंगलादेशले अहिले सम्म उपाधि जित्न नसके पनि तेस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

पाकिस्तानले लक्ष्य पछ्याउने क्रममा ९ विकेट गुमाउँदै २०२ रनमा रोकिएको थियो । पाकिस्तानका आलगि इमाम उल हकले ८३ रन बनाएका थिए । बंगलादेशका मुस्ताफीजुर रहेमानले ४ विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...