निर्मलाका कपडा जलाइएको गृहमन्त्रीद्वारा खुलासा

Ram photo 1

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका कपडा जलाइएको गृहमन्त्री रामबहादुर थापा बादलले खुलासा गरेका छन् ।

भिमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका पन्तको हत्या अनुसन्धानमा प्रहरीबाट लापरवाही भएको स्विकार गरेको छ ।

संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले निर्मलाको कपडाहरु संरक्षण नगरेको भेटिएको बताएको हो । उनका अनुसार ११ गते मुचुल्का उठाइएको र त्यसमा निर्मलाका बाबुको पनि औंठाछाप देखियो तर, उहाँ १२ गते मात्र भारतबाट आएको देखिएको छ ।

गृहमन्त्री बादलले निर्मला हत्यामा तत्कालीन प्रहरी टोलीले लापरवाही गरेको बताएका हुन् । छानविन समितिले प्रतिवेदन बुझाएको र त्यसका आधारमा दोषीलाई छिट्टै पक्राउ गर्ने उनको दाबी रहेको छ ।

गृहमन्त्री बादलले सरकार र प्रहरीको इमान्दारितामा भने प्रश्न नगर्न आग्रह गरेको छ । बलात्कार तथा हत्याका थुप्रै घटनाका अभियुक्त पक्राउ परेको भन्दै उनले सरकार र प्रहरीको इमान्दारितामा शंका गर्ने ठाउँ नभएको समेत दाबी गरे ।

प्रतिकृया दिनुहोस