पत्रिका जफत भएकोमा आपत्ति

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभा स्थलबाट ‘प्रकाश’ साप्ताहिक जफत भएको विषयमा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले आपत्ति जनाएको छ ।

महासंघका केन्द्रीय लेखा आयोगका पूर्व संयोजक दीपक पाण्डेको सम्पादनमा प्रकाशित सो साप्ताहिक सभा स्थलबाट प्रहरीले कब्जा गरेको भन्दै शाखाले आपत्ति जनाएको हो ।

विज्ञप्ति जारी गरी पत्रिका वितरणमा रोक लगाउनु र जफत गरिनु स्वतन्त्र प्रेस एवं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस