नेपालले सधैँ शान्तिका लागि चेतावनीको भाषालाई पन्छाउने गरेको छ : प्रधानमन्त्री

Kp oli  rn raut

न्यूयोर्क । चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो भएर उभिन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घको मुख्यालयभित्र ट्रस्टिसिप च्याम्बरमा बुधबार आयोजित ‘शान्ति स्थापनार्थ कारवाही’ (एक्सन फर पिसकिपिङ) को उच्चस्तरीय बैठकमा प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

उनले हरेक द्वन्द्वको परिस्थिति फरक हुने र त्यसका लागि भिन्न उत्तर आवश्यक हुने बताउँदै द्वन्द्वको राजनीतिक समाधान खोज्नुपर्ने र घरमै तयार भएको राष्ट्रले स्वामित्व लिएको र नेतृत्व दिएको राजनीतिक प्रक्रियाले दिगो शान्ति दिनसक्छ भन्ने कुरालाई नेपालले स्पष्टसँग प्रदर्शन गरेको बताए ।

प्रधानमन्त्री ओलीले नेपालले संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना गर्ने ४५ अभियानमा एक लाख ३६ हजार सैनिक परिचालन गरेको र यस वर्ष नेपालले राष्ट्र सङ्घीय अभियानमा संलग्नताको ६० वर्ष मनाउँदै गरेको बताए ।

उनले नेपालले राष्ट्रिय कठिनाइको समयमा पनि सैनिक तथा प्रहरी उपलब्ध गराई संयुक्त राष्ट्र सङ्घ वडापत्रको सिद्धान्त तथा उद्देश्यप्रति वचनबद्धता प्रकट गरेको स्मरण गर्दै कर्तव्यको रेखामा आफ्नो जीवनसमेत बलिदान दिने ७३ शान्ति स्थापक तथा बहादुर सैनिक प्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले शान्ति प्रयासमा महिलाको पूर्ण समान तथा अर्थपूर्ण सहभागितामा त्यसको सफलताको प्रमुख तत्व हुने बताउँदै नेपालले शान्तिस्थापकको पेशागत क्षमता सुधार गर्न विश्वस्तरीय तालीम सुविधा उपलब्ध गराउने प्रस्ताव राखे । उनले ‘संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनार्थ कारवाही सञ्चालनप्रति साझेदारीयुक्त वचनबद्धताको घोषणापत्र’ बाट शान्ति प्राप्त गरी फरक बनाउन चाहेको काम सम्पन्न गर्न सकिने भएकाले आफूले यसलाई समथर्न गरेको बताए ।

शिखरबैठक कक्षमा नेपाली टोलीको रूपमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेल, शिष्टाचार महापाल दीपक अधिकारीको उपस्थिती रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...