भारत र अफगानिस्तान सुपर फोरको अन्तिम खेल खेल्दै

C

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरको आफ्नो अन्तिम खेलमा मंगलबार भारत र अफगानिस्तान खेल्दैछन् ।

भारत र अफगानिस्तान यसभन्दा अगाडी एक पटक मात्रै खेलेका छन् । एसिया कपको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंका र बंगलादेशलाई पराजित गरेको अफगानिस्तान सुपर फोरको खेलमा भने जित हात पार्न सकेको छैन । सुपर फोरमा पाकिस्तान र बंगलादेशसँग पराजित भए पछि अफगानिस्तानको फाइनलमा पुग्ने सम्भावना सकिएको छ ।

भारत यसअघिनै सुपर फोरका दुवै खेलमा विजयी हुँदै फाइनलमा पुगिसकेकाले आजको खेलको नतिजाले फाइनल समिकरणमा कुनै फेरबदल हुने छैन । भारतसँग भोलि हुने पाकिस्तान र बंगलादेशको विजेताले फाइनलमा प्रतिस्पर्धा गर्ने छ ।

भारत र अफगानिस्तान यसअघि सन् २०१४ मा बंगलादेशको ढाकामा खेलेका थिए । जसमा भारत ८ विकेटले विजयी भएको थियो ।

नेपाली समय अनुसार सो खेल अपरान्ह सवा ५ बजे दुवईमा खेल हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...