क्रेनको ठक्करबाट नायब सुब्बाको मृत्यु

Accide

इलाम । झापाको कनकाई नगरपालिकाको सुरुङ्गामा क्रेनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत कोइरालाको क्रेनको ठक्करबाट ज्यान गएको हो ।

इलाम सदरमुकामस्थित जिरो किलोमिटरबाट कार्यालय जाने क्रममा झापाको कनकाई नगरपालिकाको सुरुङ्गामा आज बिहान पौने दश बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना १ क ३७२९ नंको जेसिबी क्रेनले पछाडिबाट कोइराला चढेका मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते कोइरालाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा निधन भएको सुरुङ्गा ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक टेकहादुर बस्नेतले बताए ।

क्रेनको ठक्करबाट कोइराला चढेको मे ५ प ६६६४ नंको मोटराइकल क्षतविक्षत भएको छ ।

क्रेनका चालक फरार छन् । फरार चालकको खोजि भइरहेको बताएको छ ।

प्रतिकृया दिनुहोस