घाँस काट्न गएकी महिलाको हत्या

Hatya ghati reti

बारा । बारामा घाँस काट्न गएकी एकजना महिलाको घाँटी रेटी हत्या भएको छ ।

कलैया उपमहानगरपालिका १३ बलिरामपुरकी ४५ वर्षीय सियापति धोबिनको घाटी रेटी हत्या भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ घास काट्न गएकी महिला राति अवेरसम्म घर नफर्के पछि खोजी गर्न परिवारले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले आइतबार बिहान गाउँ नजिकैको उखु बारीमा घाटी रेटी हत्या गरिएको अवस्थामा महिलाको शव फेला पारेको प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी गराए ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव परिक्षणको लागि कलैया अस्पताल लगिएको छ ।

प्रतिकृया दिनुहोस