जापानमा नेपालीको रोजगारी अनिश्चित

Japan 2

काठमाडौं । नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित बनेको छ ।

समयमै दुई मुलुकबीच सम्झौता हुन नसक्दा अन्तर्राष्ट्रिय तालिम सहयोग संगठन ९जिटको० अन्र्तगत नेपाली प्रशिक्षार्थी कामदार लैजाँदै आएकोमा जापालले प्राविधिक प्रशिक्षण तालिम९टिआइटिपी० लागु गरेको छ ।

टिआइटिपीअनुसार दुई मुलुकबिच सहयोग सम्झदारी९एमओसी० हुन नसक्दा जापानको रोजगारी अनिश्चित बनेको हो । नेपाली प्रशिक्षार्थी कामदार लैजान जापानले २८ नोभेम्बर २०१६ मा छुट्टै प्राविधिक प्रशिक्षण तालिम ऐन तयार पारेको थियो ।

जापानले २०१७ देखि नयाँ नियम लागु गरेको छ । यसअघि जिट्को अन्तर्गत नेपाललगाएत विभिन्न १५ वटा मुलुकमा प्रशिक्षार्थी कामदार लैजाँदै आएको जापानले टिआइटिपीअन्तर्गत पनि सोही मुलुकबाट प्रशिक्षार्थी कामदार लैजाने घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस