निर्मला हत्या प्रकरणका अनुसन्धान अधिकृत भन्छन्, हामीमा कुनै गलत नियत छैन

Nirmala panta 5

काठमाडौं । साउन १० मा कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि निर्मम तरीकाले हत्या भयो । कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो ।

समितिको सिफारिसमा गृहमन्त्रालयले जिल्ला प्हरी प्रमुख एसपी डिल्लीराज विष्टलाई भदौ ९ मा छानविन प्रक्रिया सहज बनाउन निलम्बन गर्याे । त्यसको एक सातापछि बाँकी पाँच जनालाई गत शनिबार निलम्बन गरेको थियो ।

सोही प्रतिवेदनको सिफारिसमा निर्मला बलात्कारपछि हत्याको अनुसन्धान जिम्मेवारपूर्वक गर्न नसकेका डिएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, इन्स्पेक्टर, जगदीश भट्ट, एकेन्द्र खड्का र सई रामसिंह धामी निलम्बनमा परे ।

अहिले निलम्बनमा परेका र तत्कालीन समयमा सो घटनाको अनुसन्धानमा संलग्नहरुलाई अनुसान्धानको टोलीले अहिले काठमाडौंमा दिनहुँ सोधपुछ गरिहेको छ । प्रहरी हेडक्वाटरमा उनीहरुले दिनहुँ बयान दिइरहेका छन् । यसरी बयान दिनमै पर्छन् इनिस्पेक्टर एकेन्द्रबहादुर खड्का पनि ।

उनी शुक्रबार निशान न्युजको सम्पर्कमा आएका थिए । उनले आफुहरुले सो घटनामा दोशी नरहेको स्पष्टीकरण दिएका छन् । प्रस्तुत छ, उनले निशान न्युजसँग आफ्ना कुरा यसरी व्यक्त गरे ।

यस्तो थियो घटनास्थलको अवस्था 
हामी घटना स्थलमा पुग्दा कहाँ के भयो भन्ने थाहा थिएन । सबै मिलेर उखुबारीमा खोज्न थाल्यौं । जब निर्मलाको लास भेट्यौं, त्यो हेर्दा कहाली लाग्दो थियो । पानी परेको कारण डुबेको थियो ।

हामीले सानो घेरामा परेर सबैको सामु नै लासको प्रारम्भिक अनुसन्धान थाल्यौं । त्यतिबेला निर्मलाको लुगा भिजेको थियो । सुरुवाल पनि हिलोले भिजेको थियो । घटना स्थलमा महिला प्रहरी र अरु महिला पनि हुनुहन्थ्यो । मानवीय हिसावले पनि महिलाले महिलाको गुप्ताङग देखेपछि लाज लाग्नु स्वभाविक नै थियो ।

त्यसपछि महिला प्रहरी जवान चाँदनी साउँथले निर्मलाको सुरुवालले नै निर्मलाको गुप्ताङ्ग छोपिदिनु भएको हो । त्यो भन्दा पनि पहिले स्थानीयसँग त्यो (गुप्ताङ्ग) छोप्ने कपडा माग्दा कसैले पनि दिनुभएन । त्यसरी छोप्नु अरु कुनै कारण थिएन । मात्रै, उहाँले महिलाको गुप्ताङ्ग नदेखियोस् भन्ने थियो । उहाँले त्यो अन्जानले सुरुवाल पानमिा चोपेर छोपिदिनु भएको मात्रै हो । त्यसमा कुनै गलत नियत थिएन ।

खासगरी त्यो लुगामा पनि त्यस्तो प्रमाण मिल्ने केही थिएन । किनभने पानीले सबै भिजेको थियो । हामीले सबै प्रक्रिया परेका थियौं । मैले त्यतिबेला लागेका कुरा के हो भने त्यहीनेर भन्दा पनि नजिक कतै आसपासमा रेप गरेर मर्डर गरेर फ्यालेको हुनसक्छ भन्ने अनुमान गरेका हौं । तर, यही नै हो भनेर यकिनसाथ भन्न सकिन्न ।

केही त्रुटि 
अहिले हामीलाई निलम्बन गरिएको छ । त्यसको एउटै मात्रै कारण अनुसन्धानमा लापरवाही गरियो भन्ने छ । तर, हामीले कुनै नियतवस अनुसन्धानमा लापरवाही गरेका छैनौं । हामीले कसैलाई फसाउने वा अन्य कुनै कारणले गलत काम गरेका छैनौं ।

हो काम गर्दै जादा केही कुराहरु मिस्टेक हुनसक्छन् । घटनामा काम गर्दैगर्दा केही त्रुटि भएका होलान् । जस्तो की तत्काल लास उठाउनुपर्ने कुरा, पछि मिडियामा आएको कुरा जस्तो लुगा पानीमा चोपिनु जस्ता कुरा आए । त्यो पनि जानजानी वा नियतवस गरिएको होइन ।

हामीले सुरुमा दिनदेखि नै जसरी अनुसनधान गर्नुपर्ने हो, त्यो हुन सकेन । त्यसको कारण भनेको हामीले ४ दिनसम्म अनुसन्धानको काम गर्न सकेनौं । पुलिसहरु आन्लोलनतिरै डाइभर्ड भएका थिए । त्यो कारण पनि तुरुन्त अनुसन्धानलाई अघि बढाउन सकिएन ।

घटना क्रिटिकल
मान्छेले भने जस्तो सजिलो छैन । सबै घटना एउटै प्रकृतिका हुँदैनन् । कतिपय क्रिटिकल पनि हुन्छन् । त्यस्ता घटनाको अनुसन्धान हुँदै गर्दा सत्यतथ्य पत्ता लाग्न समय पनि लाग्नसक्छ । पहिलो कुरा क्राइम सिन त्यस्तै थियो । अर्काे कुरा मृतकले मोवाइल फोनको प्रयोग नगर्नु पनि समस्या हो ।

मान्छेहरुले भनेजस्तो तत्काल हुनुपर्छ भन्न सकिँदैन । समय लाग्छ । ढिलो चाँडोको कुरा मात्रै हो, यो घटनामा संलग्न व्यक्ति पत्ता चाँही अवस्य लाग्छ ।

प्रतिकृया दिनुहोस