नेपाल फिफा वरीयतामा एक स्थानमाथि उक्लियो

Fifa ranking

काठमाडौं । फिफा वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ६० औं स्थानमा पुगेको छ । यसअधि नेपाल १ सय ६१ औं स्थानमा थियो ।

गएको हप्ता बंगलादेशमा सम्पन साफ च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा नेपाल एक स्थानमाथि उक्लिएको हो ।

नेपाल साफ च्याम्पियन्ससिपको सेमिफाइनलबाट बाहिरिएको थियो । नेपाललाई सेमिफाइनलमा माल्दिभ्सले ३-० ले पराजित गरेको थियो । समूह चरणमा पाकिस्तानसँग २-१ ले पराजित भएपनि नेपालले भुटानलाई ४-० र बंगलादेशलाई २-० ले पराजित गरेको थियो ।

साफ च्याम्पियन्सको उपाधि जिते पनि माल्दिभ्स एक स्थान तल झर्दै १ सय ५१ औं स्थानमा पुगेको छ । नयाँ वरीयतामा नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ ।

नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत एक स्थान तल झर्दै ९७ औं स्थानमा पुगेको छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् ।

भुटान १८८, बंगलादेश १९३, श्रीलंका १९९ र पाकिस्तान १९९ औं स्थानमा रहेका छन् । फिफाले जारी गरेको नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम, दोस्रो स्थानमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा क्रोएसिया र पाँचौ स्थानमा उरुग्वे रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...