भारतले पाकिस्तानलाई ८ विकेटले हरायो

Bharat

काठमाडौं । एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ ।

चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानले दिएको १ सय ६३ रनको लक्ष्य भारतले २९ ओभरमा २ विकेट मात्र गुमाएर भेटाएको थियो । भारतलाई जिताउन रोहित शर्मा र शिखर धवनले ८६ रनको साझेदारी महत्वपुर्ण थियो ।

रोहित शर्माले ५२ रन बनाए भने शिखर धवनले ४६ रन बनाएका थिए । अम्वाती रायुडु र दिनेश कार्तिक ३१–३१ रनमा नट आउट रहे । पाकिस्तानका लागि फहिम अशरफ र शदाब खानले समान १ र १ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ४३.१ ओभरमा अलआउट हुदै १ सय ६२ रनमा अल आउट भएको थियो । पाकिस्तानका बाबर आजम र सोहेब मलिकले ४७ र ४३ रन बनाउनु बाहेक अन्य ब्याट्समानले उल्लेखनीय योगदान गर्न सकेनन् । अन्य सात जना ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन नसक्दा फहिम असरफले २१ रन र मोहमद अमिरले नट आउट १८ रन बनाएका थिए। भारतका भुवनेश्वर कुमार र केदार जाधबले समान तीन–तीन विकेट लिएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...